PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

एसीसी यू-१९ इस्टर्न रिजन : मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा



पहिलोपोस्ट

एसीसी यू-१९ इस्टर्न रिजन : मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ ं : नेपाल मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ। 

किनरारा ओभल मैदानमा सोमवार भएको सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीच भइरहेको अर्को सेमिफाइनलको विजेतासँग खेल्नेछ।

मलेसियालाे दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालको लागि भिम शार्कीले नटआउट ३३ र कप्तान रोहित पौडेलले नटआउट ३१ रन बनाए। भिमले ३४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे। यस्तै रोहितले २९ बल खेल्दै बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे।

३० रन हुँदा सुरुको ३ विकेट गुमाएपनि कप्तान रोहित र भिमले चौथो विकेटका लागि नटआउट ६० रनको साझेदारी गर्दै जित दिलाए। ओपनर पवन सर्राफले १८ रन बनाएका थिए भने रित गौतम ३ र खडक बहादुर बोहरा शुन्यमा आउट भए।

मलेसियाका हाइकल मोहद खैरले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाले ४०.५ ओभरमा ८७ रनमा अलआउट गरेको हो। मलेसियाको लागि मोहम्मद अमिरले सर्वाधिक २४ रन बनाए। यस्तै हाइकल मोहद खैरले १२, वान अनिमुल जुरकारनियनले ११ र अहमद अकमल अरिफले १० रन बनाए। बाँकी ७ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि बलङमा सागर ढकालले १० ओभरमा ३ ओभर मेडन राख्दै १६ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै ९ ओभर बलिङ गरेका र कुशल मल्लले ५ ओभर मेडन राख्दै १३ रन मात्र खर्चेर २ विकेट लिए। रसिद खान,रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले १-१ विकेट लिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell