PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

नेपाल राष्ट्र बैंकको मुख्य भवनको पुनर्निर्माण सुरु



पहिलोपोस्ट

नेपाल राष्ट्र बैंकको मुख्य भवनको पुनर्निर्माण सुरु

काठमाडौं : २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको बालुवाटार स्थित केन्द्रीय कार्यालयको मुख्य भवन पुनर्निर्माणको कार्य सुरु भएको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले भवन शिलान्यास गरेपछि पुनर्निर्माणको काम सुरु भएको हो।

भूकम्पले क्षतिग्रस्त भएको दुई वर्षपछि २०७४ फागुनमा राष्ट्र बैंक भवन भत्काइएको थियो। उक्त भवन भत्काउँदा ३ करोड १५ लाख आम्दानीसमेत गरेको थियो। नयाँ भवन निर्माण भने अब सुरु हुने भएको हो।

शिलान्यास समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले नयाँ बन्ने भवन नेपालको गौरव झल्काउने गरी सुविधा सम्पन्न हुने विश्वास व्यक्त गरेकी थिइन्।

६१ रोपनी ७ आना २ पैसामा रहने नयाँ भवनको लागत १ अर्क ८६ करोड २२ लाख रुपैयाँ रहेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्र बैंकको आवश्यकता र गुणस्तरीय मापदण्ड पूरा गरी भवन पुनर्निर्माण सम्पन्न गर्ने बताए।

नयाँ बन्ने भवन ५ हजार वर्ग मिटरमा रहनेछ। नयाँ भवनको बेसमेन्ट दुई तल्ले हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell