PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

सांसद बनेपछि सन्नी देवलले बढाए भाऊ



पहिलोपोस्ट

सांसद बनेपछि सन्नी देवलले बढाए भाऊ

बलिउड अभिनेता सन्नी देवलले गुरदासपुरबाट २०१९ को लोकसभा चुनाव जिते। सांसद बनेपछि सन्नी देवलले फिल्मका लागि आफ्नो पारिश्रमिक बढाएका छन्।

सन्नी देवलले आफ्नो आगामी फिल्म ‘फतेह सिंह’ का लागि ५ करोड रुपैयाँ डिमान्ड गरे। तर, ५ करोड रुपैयाँ फिल्मको बजेटभन्दा धेरै माथि भएकाले निर्माताहरु पछि हटे। अब फिल्ममा सन्नी देवलको सट्टामा कुनै दक्षिण भारतीय अभिनेता देखिने वेब दुनियाँमा उल्लेख छ।

सन्नीलाई ५ करोड पारिश्रमिक दिँदा फिल्मको खर्च अझै बढ्ने भएकाले ‘फतेह सिंह’ का लागि दक्षिण भारतीय अभिनेता अनुबन्धित गर्ने बताइएको छ। फिल्म राजकुमार सन्तोषीले निर्देशित गर्नेछन्।

पछिल्लो समय सन्नी देवल फिल्म ‘यमला पगला दिवाना’ को तेस्रो सिक्वेलमा देखिएका थिए। तर, यो फिल्म बक्स अफिसमा सफल भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell