PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

राखेपको सदस्य सचिवमा रमेश सिलवालले लिए सपथ



पहिलोपोस्ट

राखेपको सदस्य सचिवमा रमेश सिलवालले लिए सपथ

काठमाडौं: गोल्डेन गेट कलेजका सञ्चालक रमेश सिलवालले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव सपथ लिएका छन्। केशव विष्टको कार्यकाल सकिएको १२ दिनपछि सिलवालको नाममा सहमति जुटेपछि सोमबार सिलवालले सपथ लिएका हुन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले उनको नाममा सहमति जुटाएको हो। उनलाई युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले सपथ गराएका थिए।

यसअघि नेपाल क्रिकेट संघ क्यानमा रहेर काम गरिसकेका सिलवाल क्यान विवादका बेला २०७२ सालमा राखेपले नै बनाएको तदर्थ समितिका संयोजक थिए। सिलवाल एमाले सम्बद्ध मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष पनि हुन्। उनी क्यानमा विनयराज पाण्डेको अध्यक्षतामा गठित तदर्थ समितिमा महासचिव थिए। तर सर्वोच्चले त्यो तदर्थ समितिलाई मान्यता दिएन। र, त्यो समिति नै निष्क्रिय भयो।

यही जेठ ९ गेत विष्टको ४ वर्षे कार्यकाल सकिएपछि सदस्य सचिव पद रिक्त रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell