PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

नक्कली सुन देखाएर ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

नक्कली सुन देखाएर ठगी गर्ने पक्राउ

काठमाडौँ: नक्कली सुन देखाएर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पाँच जनालाई बौद्धको पिपलबोटबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा तीन महिला र दुई पुरुष रहेका छन्।

चितवन भरतपुर घर भएकी ३९ वर्षीय टनु घिमिरे पन्त, काठमाडौँ घर भएकी ३४ वर्षीय सस्मिता आचार्य, गोरखाकी ६५ वर्षीय जाम्मु लामा,सुनसरी इनरुवाका ३४ वर्षीय जीवन धामि चौधरी र सिन्धुपाल्चोक बालचोक गाउँपालिकाका २२ वर्षीय उमेश सुनार रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले नक्कली सुन १ किलो बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell