.jpg)
काठमाडौं : १३औं सागको लागि तयारी गरिरहेको नेपाली कारते टोली थाईल्याण्ड खुल्ला कराते च्याम्पियनसिपमा सहभागि हुन भोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ।
टोलीलाई तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिकले आज कराते हल, सातदोवाटोमा बिदाई गरे।
थाईल्याण्डको बैङककमा यहि असार २५ देखि २९ सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली टोली ब्यवस्थापकमा आठौं सागका स्वर्णधारी रवी महर्जन रहेका छन्। यस्तै खेलाडीहरुमा सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी), मण्डेकाजी श्रेष्ठ (एकल तथा टिम काता), सुभाष कार्की तथा प्रविन मानन्धर (टिम काता), सनि तामाङ्ग (६८ केजी), अस्मिता राई (५३ केजी) चन्चला दनुवार (एकल काता), निर्मला तामाङ्ग, सरु कार्की र कोपिला बिष्ट (टिम काता) रहेका छन्।
१३औं सागको तयारी गरिरहेका खेलाडीहरुले आफुलाई सागमा पदक हात पार्न सफल हुने प्रमाणीत गर्नेमा आफु बिश्वस्त रहेको तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिकले बताए।
यस्तै तालिम तथा प्रशिक्षण विभाग प्रमुख महेन्द्र कुमार राईले यस च्याम्पियनसिपमा सहभागिताले खेलाडीहरुको परिक्षण हुने हुने भन्दै खेलाडीहरुका लागि अनुभवको अवसर हुने बताए।
नेपाल कराते महासंघका महासचिव हरिसरण केसीले खेलाडीहरुलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय टिममा पर्ने खेलाडीहरुले आफुलाई प्रमाणित गर्नुका साथै खरो रुपमा उत्रंदै पदक हात सफल हुने बिश्वास ब्यक्त गरे।
नेपाली टोली भोली त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।