
पूर्व विजेता द्वय आइभरी कोष्ट र ट्युनिसिया अफ्रिकन कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अर्को पूर्व विजेता घाना भने अन्तिम १६ बाटै बाहिरिएको छ।
गएराती भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा आइभरीकोष्टले मालीलाई तथा ट्युनिसियाले घानालाई पराजित गरेको हो।
सन् २०१५ को विजेता आइरी कोष्टले मालीलाई १-० ले हरायो। आइभरी कोष्टका लागि खेलको एक मात्र गोल विलफ्रड जाहाले ७६औं मिनेटमा गरे।
अब आइभरी कोष्टले अल्जेरियासँग क्वाटरफाइनलमा खेल्नेछ।
उता पेनाल्टीसुटआउटमा छिनोफानो भएको खेलमा ट्युनिसियाले घानालाई ५-४ ले हरायो। निर्धारित समयमा आत्मघाती गोलको मद्दतमा भाग्यमानी बनेको घानाले इन्जुरी टाइममा खेल १-१ को बराबरी गरेको थियो। तर पेनाल्टीसुटआउटमा ट्युनिसियाले बाजी मार्यो। खेनिस्सीले ७३औं मिनेटमा गोल गर्दै ट्युनियालाई अग्रता दिलाएका थिए। इन्जुरी टाइममा ट्युनिसियाकै बेडोउईले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो।
पेनाल्टीसुटआउटमा ट्युनिसियाका लागि नाइम स्लिटी, वाहवी खजरी, यासिन मेरिह र डाएलन ब्रोनले गोल गरे। घानाका लागि मुबाराक वाकासो, जोर्डन आयु, लुमोर अग्बेनयेनु र थोमस पार्टेले गोल गरे।
कालेब एकुबानको प्रहार भने ट्युनिसियाका सब्सिच्युट गोलकिपर फारोउक बेन मुस्ताफाले बचाए।