PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

एसीसी यू –१९ इस्टर्न रिजनः फाइनलमा हङकङले नेपाललाई दियो ९६ रनको लक्ष्य



पहिलोपोस्ट

एसीसी यू –१९ इस्टर्न रिजनः फाइनलमा हङकङले नेपाललाई दियो ९६ रनको लक्ष्य
Photo: ACC

मलेसियामा भइरहेको एसीसी यू –१९ इस्टर्न रिजन २०१९ टुर्नामेन्टको उपाधिका लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ।

किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा ९५ रन जोडेको हो।

हङकङका लागि अदित गोरवारा तथा कुलान मार्सबाहेक अन्य कुनै पनि ब्याट्सम्यानको प्रदर्शन उल्लेख रहन सकेन। प्रारम्भदेखि नै दबाबमा परेका हङहङका ३ ब्याट्सम्यान शून्यमै आउट भए।

हङकङको इनिङ्समा गोरवाराले २४ र मार्सले १९ रन जोडे।

बलिङतर्फ सागर ढकालले पाँच विकेट लिए। ढकालले हङकङका प्रारम्भिक र मध्यक्रममा तीन ब्याट्सम्यानलाई शून्यमै आउट गरे। उनले १० ओभरमा ५ मेडन राख्दै १८ रन खर्चिए।

यस्तै, कमल सिंह ऐरीले ३ विकेट लिए। कुशल मल्ल र तिलक राज भण्डारीका नाममा एक/एक विकेट रह्यो।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। लञ्च ब्रेकसम्म नेपालले ५ ओभरमा ४४ रन जोडेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell