PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिकालाई राष्ट्रिय परिचयपत्र



पहिलोपोस्ट

प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिकालाई राष्ट्रिय परिचयपत्र
फोटो : प्रमको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले परिचयपत्र हस्तान्तरण गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको प्रमको सचिवालयले जनाएको छ।

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार परिचयपत्र वितरण जारी छ। विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ। सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell