
काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिप अन्तर्गत मंगलवार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै समूह सी को विजेता बनेको हो।
यसअघि क्वाटरफाइनल पुगिसकेको दुई टोलीबीच समूह विजेता बन्ने होड थियो।
सातदोबाटोस्थित एन्फा कम्प्लेसमा मंगलबार भएको खेलमा बिग्रेड व्बाइजले पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा पुलिसकै पूर्व खेलाडी रेजिन सुब्बाले पनि गोल गरे।
नेपालको लागि उमेर समूहमा खेलिसकेका रेजिनसँगै व्रिजेश चौधरी र शिशिर लेखीले पनि ब्रिगेडका लागि एक-एक गोल गरे।
रेजिन सुब्बा यस प्रतियोगितामा पहिलो पटक ब्रिगेडको जर्सीमा देखिएका हुन्। उनले पसलिसबाट ए डिभिजन लिग समेत खेलिसकेका छन्। रेजिनले ललित स्मृति च्याम्पियनसिपमा पनि यसअघि पुलिसबाटै खेलेका थिए। तर तेस्रो संस्करणमा भने उनले खेलेनन्।
समूह सी मा अपराजित रहँदै ३ खेल जितेको ब्रिगेडको ९ अंक जोड्दा ३ मध्ये २ खेल जित्दै ६ अंक जोडेको पुलिस उपविजेता बन्यो।
यसै समूहमा एक खेल खेल्न बाँकी रहेका सरस्वती क्लब र जावलाखेल क्लब भने अंकविहिन छन्।