
काठमाडौं : नेपाली स्पीनर सागर ढकाल मलेसियामा सम्पन्न एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगितामा 'प्लेयर अफ दि सिरिज' घोषित भएका छन्।
नेपाललाई च्याम्पियन बनाउन बलिङमा उत्कृष्ट प्रदर्शन गरेका सागरले प्रतियवगिताभर कूल १५ विकेट लिए।
मंगलवार सम्पन्न फाइनलमा खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दा उनले नेपालका लागि ५ विकेट लिएका लिए। यस खेलको पनि म्यान अफ दि म्याच बने।
प्रतियोगितामा नेपालले खेलेका चार मध्ये उनी ३ खेलमा म्याच अफ दि म्याच घोषित भए। उनले समह्यू चरणमा चीन विरुद्ध ६ विकेट लिएका थिए भने सिंगापुर विरुद्ध १ विकेट मात्र लिए।
यस्तै सेमिफाइनलमा लेसिया विरुद्ध उनले ३ विकेट ल एका थिए। सिंगापुरसँगको खेल बाहेक अरु खेलमा सागर नै म्यान अफ दि म्याच बने।
यस्तै प्रतियोगिताको बेस्ट ब्याट्सम्यान र बेस्ट बलर भने हङकङका खेलाडी बने। हङकङका कप्तान आदित गोरावारा बेस्ट ब्याट्सम्यान र हङकङकै रौनक कपुर बेस्ट बलर घोषित भए। फाइनलमा नेपाल विरुद्ध आदितले सर्वाधिक २४ रन बनाउदा रौनकले २ विकेट लिएका थिए।
आदितले सर्वाधिक २२० रन बनाएका थिए। बलिङमा भने नेपालका सागर ढकाभन्दा पछि रहेका रौनकले ११ विकेट लिए।