PahiloPost

Oct 14, 2019 | २७ असोज २०७६


चिर्पट प्रहार गरेर ठूलोबुबा र ससुराको हत्या



पहिलोपोस्ट

चिर्पट प्रहार गरेर ठूलोबुबा र ससुराको हत्या

अछामः मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गएराति १ बजेको समयमा दुई जनाको हत्या भएको छ।

स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन्।

उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए। मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो। आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छिन्।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय अछामको टोली खटिएको छ। फरार पिरमकुमारको खोजीकार्य र घटनाको मुचुल्का उठाउने काम भइरहेको छ। पिरमकुमार बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ। रासस



चिर्पट प्रहार गरेर ठूलोबुबा र ससुराको हत्या को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell Footer Banner