PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

घटनास्थलको ७० मिटर नजिकै रहेका वडा सदस्य वान्तवाले भने, 'मुसलधारे पानीका कारण गोली चलेको थाहा भएन'



पहिलोपोस्ट

घटनास्थलको ७० मिटर नजिकै रहेका वडा सदस्य वान्तवाले भने, 'मुसलधारे पानीका कारण गोली चलेको थाहा भएन'
फोटोमा वडा सदस्य तुफान किँरात

काठमाडौँः बुधबार बिहानै भोजपुर नगरपालिका वडा नम्वर ७ को पाँचधारे होटेल नजिकै गोली चल्यो। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानहान भयो। भिडन्तमा दुबै पक्षका एक-एक जना मारिए।

घटनास्थलबाट करिब ७० मिटरको दूरीमा भोजपुर नगरपालिकाको कार्यालय रहेको छ। बुधबार बिहान कार्यालयमा ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम चलिरहेको थियो।

‘घटनास्थल नजिकै हो तर हामीले गोली चलेको सुनेनौँ। मुसलधारे पानी परेको थियो सुन्दै सुनिएन‘ भोजपुर नगरपालिका वडा नम्वर ७ का वडा सदस्य तुफान किँरात वान्तवाले भने।

मृत्यु हुनेमा प्रहरी जवान सञ्जीवकुमार राई रहेका छन्। यस्तै विप्लव समूहका नीरकुमार राईको मृत्यु भएको हो। दुबै जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

'हामी केहिबेरमा नै घटनास्थल पुग्दा रगतमात्र बगिरहेको थियो। अस्पताल हेर्ने गएका थियौँ। तर हामीलाई अस्पतालभित्र छिर्न दिएनन्', सदस्य वान्तवाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell