आइसीसी विश्वकप २०१९ अन्तर्गत पहिलो सेमिफाइनलको दोस्रो दिनको खेल आज भइरहेको छ। मंगलवार वर्षाका कारण पूरा हुन नसकेको खेल आज पुन: सुरु भएको हो।
आज ३.५ ओभर खेल खेलेपछि न्यूजिल्याण्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ।
Good work on the field from India has kept New Zealand to 239/8 this morning. Kohli's men will need 240 if they are to seal their spot in the #CWC19 final.
— Cricket World Cup (@cricketworldcup) July 10, 2019
Who has the advantage? #CWC19 | #INDvNZ pic.twitter.com/oiHRxHxvhw
मंगलवार वर्षाले खेल स्थगित हुनुअघि न्यूजिल्याण्डले ४६.१ ओभर खेल्दै ५ विकेट गुमाएर २११ रन बनाएको थियो।
म्यानचेष्टरमा भइरहेको खेलमा न्यूजिल्याण्डले बुधवार २८ रन थप्दै अरु ३ विकेट गुमायो।
अघिल्लो दिन ६७ रन बनाएर खेलिरहेका रोस टेलरले आज ७ रन थपे र ७४ रन बनाएर आउट भए। त्यसअघि कप्तान केन विलियमसनले ६७ रन बनाएका थिए।
भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ ओभर मेडन राख्दै ४३ रन खर्चेर ३ विकेट लिए। अघिल्लो दिन १ विकेट लिएका भुवनेश्वरले आज २ विकेट थपे।
यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चाहलले १-१ विकेट लिए।