PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

विश्वकप क्रिकेट : रोहित, विराट र राहुल समान १ रनमा आउट



पहिलोपोस्ट

विश्वकप क्रिकेट : रोहित, विराट र राहुल समान १ रनमा आउट

विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा अहिले भारत र न्यूजिल्याण्डबीच खेल भइरहेको छ। वर्षाले मंगलवार प्रभावित बनेको खेल आज पुन: सुरु भएको हो। किवी टोलीले आज ३.५ ओभर थप ब्याटिङ गर्दै भारतलाई २४० रनको मध्यम टार्गेट दिएको थियो।

तर न्यूजिल्याण्डका फास्ट बलरले सुरुमै उत्कृष्ट बलिङ गर्दै भारतलाई दबाबमा राखेको छ।

भारतका कप्तान विराट कोहली, उप-कप्तान रोहित शर्मा र केएल राहुल समान १ रन बनाएर आउट भइसकेका छन्। पछिल्लो पटक भारतका कप्तान विराट र रोहित सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा पाकिस्तान विरुद्ध दोहोरो रन नबनाई आउट भएका थिए।

यस्तै दिनेश कार्तिक ६ रन बनाएर आउट भए। न्यूजिल्याण्डका लागि म्याट हेनरीले ३ र ट्रेन्ट बोल्टले १ विकेट लिइसकेका छन्।

भारतले दोस्रो ओभरमा रोहित, तेस्रो ओभरमा विराट र चौथो ओभरमा राहुललाई लगातार गुमाएको थियो।

१०औं ओभरमा कार्तिक पनि आउट हादा भारत २४-४ को स्थितीमा पुग्यो।

अहिले भारतले १६ ओभर खेल्दा ४ विकेट गुमाएर ४७ रन बनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell