PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

नेत्रविक्रम चन्दका पोलिटब्युरो सदस्य कार्की पक्राउ, एनसेल टावर जलाएको आरोप



रासस

नेत्रविक्रम चन्दका पोलिटब्युरो सदस्य कार्की पक्राउ, एनसेल टावर जलाएको आरोप

बेत्रावती : एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई आज नुवाकोट ल्याइएको छ।

धादिङको नीलकण्ठ नगरपालिका–६ का ५९ वर्षीय कार्कीलाई सुनसरी जिल्लाबाट मङ्गलबार पक्राउ गरेर अनुसन्धानका लागि यहाँ ल्याएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।

उनका अनुसार गत फागुन १० गते राति विदुर नपा–२ स्थित एनसेल टावरमा भएको आगजनीमा विप्लव समूहका तर्फबाट कार्कीको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ।

गत चैत १ गते ललितपुरबाट पक्राउ परेका कार्कीलाई विप्लव समूहको नामबाट विभिन्न जिल्लाहरुमा भएको आपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा अदालतमा उपस्थित गराउने क्रममा नुवाकोट प्रहरीले मङ्गलबार बिहान नुवाकोट ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell