PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अफ्रिकन कप : सेनेगल र नाइजेरिया सेमिफाइनलमा



पहिलोपोस्ट

अफ्रिकन कप : सेनेगल र नाइजेरिया सेमिफाइनलमा

सेनेगल र नाइजेरिया अफ्रिकन कपअफ नेशन्स २०१९ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

गएराती भएको क्वाटरफाइनल खेलमा सेनेगलले बेनिनलाई तथा नाइजेरियाले दक्षिण अफ्रिकालाई पराजित गरेको हो।

सेनेगलले दश खेलाडीमा झरेको बेनिनलाई १-० ले पराजित गरेको हो। खेलको एक मात्र गोल ७०औं मिनेटमा इड्रिसा गाना गुएयेले गरेका थिए। ८३औं मिनेटमा बेनिका ओभिभर भर्डोनले रातो कार्ड पाएका थिए।

पहिलो पटक उपाधि जित्ने योजनमा रहेको सेनेगलले अब सेमिफाइनलमा मदागास्कर र ट्युनियाबीच हुने खेलको विजेतासँग खेल्नेछ।

यस्तै ३ पटकको विजेता नाइजेरियाले दक्षिण अफ्रिकालाई २-१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

नाइजेरियाको लागि सामुएल चुकवुएजेले २७औं मिनेटमा पहिलो गोल गरे भने ८९औं मिनेटमा विलियम ट्रोस्ट एकोङले विजयी गोल गरे। दक्षिण अफ्रिकाका लागि बोङ्गानी जुङ्गाले ७१औं मिनेटमा गोल गरे।

आइभरी कोष्ट र अल्जेजियाबीच हुने खेलको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell