PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

कोपा अमेरिका ड्रिम टिममा ब्राजिलबाट ५ खेलाडी, अर्जेन्टिनाबाट १ खेलाडी मात्र पर्दा मेसी परेनन्



पहिलोपोस्ट

कोपा अमेरिका ड्रिम टिममा ब्राजिलबाट ५ खेलाडी, अर्जेन्टिनाबाट १ खेलाडी मात्र पर्दा मेसी परेनन्

ब्राजिलमा सम्पन्न ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्रिम टिम सार्वजनिक भएको छ।

कन्मेबोलले सार्वजनिक गरेको उक्त टिममा च्याम्पियन ब्राजिलबाट सर्वाधिक ५ खेलाडी परेका छन्। यस्तै उपविजेता पेरुबाट २ खेलाडी पर्दा अर्जेन्टिना, चिली, उरुग्वे र कोलम्बियाबाट १-१ खेलाडी परेका छन्। अर्जेन्टाइन कप्तान लिओनल मेसी भने अटाएनन्।

कन्मेबोलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर ड्रिम टिम घोषणा गरेका हो। ४-३-३ को फर्मेसनमा रहेको उक्त टिममा ब्राजिलका गोलकिपर एलिसन बेकर, डिफेन्डर डानी अल्भेस र थियागो सिल्भा, मिडफिल्डर आर्थर मेलो र फरवार्ड एभर्टन छन्।

यस्तै पेरुका डिफेण्डर डुओ मिगुएल ट्राउका र फरवार्ड पाओलो गुएरेरो छन्।

चिलीबाट मिडफिल्डर अर्टुरो भिडाल, अर्जेन्टिनाका मिडफिल्डर लियोनार्दो परेडेस, उरुग्वेका डिफेन्डर जोसे गिमिनेज र कोलम्बियाका फरवार्ड जेम्स रोड्रिगेज टिममा ड्रिम टिममा छन्।

घरेलु मैदानमा ब्राजिलले पेरुलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell