PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

यसरी निस्कयो ठाउँ ठाउँबाट सरकारविरुद्ध मसाल जुलुस, सहभागीलाई समात्यो प्रहरीले

यसरी निस्कयो ठाउँ ठाउँबाट सरकारविरुद्ध मसाल जुलुस, सहभागीलाई समात्यो प्रहरीले

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भारत तथा अन्य मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्र्याउन मन्त्रिपरिषद बैठकले गरेको निर्णयविरुद्ध बिहीवार साँझ मसाल जुलस निकालिएको छ। मसाल जुलुसमा सहभागीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको हाम्रा सहकर्मी फोटो पत्रकार समर्थ रञ्जितले जनाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को आयोजनामा मसाल जुलुस निस्किएको थियो। बालाजु बाइसधारादेखि निस्किएको मसाल जुलस बालाजु चोकसम्म पुगेको थियो। त्यसपछि प्रहरीले जुलुसमा सहभागीलाई नियन्त्रणमा लिएको हो। 

यता बागबजार र पुतली सडकमा पनि मसाल जुलुस निस्किएको छ। मसलाई जुलुसलाई हस्तक्षेप गर्दै प्रहरीले आगो निभाएको पुतलीसडकमा रहेका हाम्रा सहकर्मी प्रवीण रानाभाटले जानकारी दिएका छन्।                                                   



ट्रेन्डिङ पोस्ट

Ncell