PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

विश्वकप फाइनलमा पुग्न इंग्ल्यान्डलाई २ सय २४ रनको लक्ष्य



पहिलोपोस्ट

विश्वकप फाइनलमा पुग्न इंग्ल्यान्डलाई २ सय २४ रनको लक्ष्य

आइसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २२४ रनको लक्ष्य दिएको छ। अस्ट्रेलिया १ ओभर बाँकी छँदै २२३ रनमा अल आउट भयो।

अस्ट्रेलियाका लागि तेस्रो नम्बरमा ब्याटिङ गरेका स्टेभन स्मिथले ८५ रन बनाएपछि अस्ट्रेलियाले २ सय रनको आंकडा पार गरेका हो।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाको शुरुआत भने निकै खराब रहेको थियो।

शुरुका तीन विकेट गुमाउँदा १४ रनमात्रै जोडेको अस्ट्रेलियाको इनिङ्स स्मिथ र एलेक्स केरीले उकासेका थिए।

यी दुईले चौथो विकेटका लागि १०३ रनको साझेदारी गर्दै टिमको स्कोर ११७ पुर्‍याए। केरीले ४६ रन बनाए भने ग्लेन म्याक्सवेलले २२ रन र मिचले स्टार्कले २९ रनको योगदान गरे।

बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। इंग्ल्याण्डका अदिल रसिद र क्रिस वोक्स्ले तीन तीन विकेट लिँदा जोफ्रा आर्चरले २ विकेट लिए। आजको विजेताले आइतबार न्यूजिल्याण्डसँग उपाधि भिडन्त गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell