PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

स्टार्कले तोडे म्याग्राको रेकर्ड, बने एकै विश्वकपमा धेरै विकेट लिने खेलाडी



पहिलोपोस्ट

स्टार्कले तोडे म्याग्राको रेकर्ड, बने एकै विश्वकपमा धेरै विकेट लिने खेलाडी

अष्ट्रेलियन फास्ट बलर मिचेल स्टार्क एउटै विश्वकपमा धेरै विकेट लिने खेलाडी बनेका छन्।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेटमा बिहीवार दोस्रो सेमिफाइनलमा घरेलु टोली विरुद्ध १ विकेट लिने बितित्कै स्टार्कले उक्त रेकर्ड आफ्नो नाममा बनाएका हुन्। स्टार्कले इंग्ल्याण्डका जोनी बेयर्स्टोवलाई एलबिडब्लु आउट गरेका हुन्।

इंग्ल्याण्डको १ विकेट लिएपछि यस विश्वकपमा स्टार्को विकेट संख्या २७ पुगेको छ। सन् २००७ मा अष्ट्रेलियाकै ग्लेन म्याग्राले २६ विकेट लिँदै रेकर्ड बनाएको थियो। १२ वर्षपछि अष्ट्रेलियाकै अर्का खेलाडीले उक्त रेकर्ड तोडेका हुन्। अष्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्याण्डले उत्कृष्ट ब्याटिङ गरिरहेको बेला स्टार्कले पहिलो विकेट लिएका हुन्। आजको खेलमा स्टार्क महँगा सावित भएपनि उनले ज्यासन रोए र वेयर्स्टववका साझेदारी तोडेका हुन्। स्टार्कले ५ ओभरमा ५० रन खर्चेर १ विकेट लिएका छन्।

सन् २०१५ मा घरेलु भूमिमै भएको विश्वकपमा खेलेका स्टार्कले त्यसबेला २२ विकेट लिएका थिए। विश्वकपमा उनको कूल विकेट संख्या ४९ पुगेको छ र उनी सर्वाधिक विकेट लिनेमा श्रीलंका चामिन्दा भाससँगै पाँचौ स्थानमा छन्। स्टार्क इंग्ल्याण्डको अरु विकेट पनि झारे विश्वकपमा ५० विकेट लिने पाँचौ बलर हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell