PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सुदूरपश्चिमको बजेट पारित : अर्थमन्त्री बोहराले भने, ‘९० प्रतिशत कार्यान्वयन गछौं’



एम बम

सुदूरपश्चिमको बजेट पारित : अर्थमन्त्री बोहराले भने, ‘९० प्रतिशत कार्यान्वयन गछौं’

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ल्याएको २८ अर्ब १६ करोड २० लाखको बजेट प्रदेश सभाबाट पारित भएको छ। बजेट आएको २२ दिनपछि बजेटमाथिको छलफल सुरु भएको थियो। ४ दिन लगातार छलफल गरेर बजेट पारित गरिएको हो।

गत असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाखको बजेट प्रस्तुत गरेका थिए। बजेट प्रस्तुत भए पछि आक्रोशित प्रतिपक्षी दलहरूले ५ गते सरकारको रातो किताब समेत जलाए। त्यसपछि प्रतिपक्षीकै कारण लगातार ९ पटक प्रदेश सभा सरेको थियो।

सरकारले २१ गते प्रतिपक्षीसँग भद्र सहमति गरेपछि २२ गतेबाट सदन सुरु भएर २३ गतेबाट बजेटमाथिको छलफल चल्यो। छलफलमा सत्तारुढ दलकै प्रमुख सचेतक देखि सांसदहरूले सरकारको बजेट र प्रतिपक्षी सँगको भद्र सहमतिमा असन्तुष्टि जनाउँदै सभामै टिप्पणी गरेका थिए।

यद्यपि, बिहीवारको प्रदेश सभा बैठकबाट बजेट सर्बसम्मपतिले पारित भएको हो। बजेट पारित पछि सञ्चारकर्मी सँग प्रतिक्रिया दिँदै मन्त्री बोहराले आगामी आर्थिक वर्षका लागि पारित बजेटलाई ९० प्रतिशत कार्यान्वयन गरिने दाबी गरे।

‘चालू आर्थिक वर्षको बजेट ५६ प्रतिशतसम्म कार्यान्वयन भइसकेको छ,’ उनले भने, ‘त्यो केही बढेर जाला पनि। यस वर्ष संयन्त्र र कर्मचारी अभावमा बजेटलाई अपेक्षित खर्च गर्न नसकिएता पनि आगामी आर्थिक वर्षको बजेट ९० प्रतिशत कार्यान्वयन हुन्छ।’

मन्त्री बोहराले प्रदेशले लोक सेवा आयोग मार्फत् आफै कर्मचारी भर्ना गरेर भए पनि बजेट कार्यान्वयनलाई गति दिने दाबी गरे।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि पारित गरेको २८ अर्ब १६ करोडको बजेटमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विनियोजन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell