PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपिँदै



पहिलोपोस्ट

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपिँदै

काठमाडौँः आषाढ शुक्ल एकादशी अर्थात् आज हरिशयनी एकादशी। घरघरमा तुलसीको विरुवा रोपिँदैछ।  

हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण दिन आज निराहार व्रत बसी भगवान् विष्णु र तुलसीको पूजा अर्चना गर्ने गरिन्छ। आजबाटै चतुर्मास व्रत पनि सुरु हुन्छ।

तुलसी रोप्ने घरमा देवताको बास भइरहन्छ भन्ने विश्वास जनमानसमा छ। यमदूत स्वप्नमा पनि सो घरमा पुग्न नसक्ने विश्वास गरिन्छ। तुलसीको बोटमा नियमित जल चढाउनाले मनोकामना पूरा हुने विश्वास छ।  

उपत्यकासहित देशका विभिन्न मन्दिरहरुमा पनि आज विशेष मेला लाग्ने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell