PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

हत्याको ३० बर्षपछि पक्राउ परे हत्यारा: चार हजार लुटन हत्या



पहिलोपोस्ट

हत्याको ३० बर्षपछि पक्राउ परे हत्यारा: चार हजार लुटन हत्या

काठमाडौं: ३० वर्षअघि हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले रानीपोखरी गाउँपालिकाको वडा नम्बर ४ बस्ने ६० वर्षीय भ्यान्टे कामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

२०४६ भदौ ३ गते लमजुङ रानीपोखरी गाउँपालिका वडा नम्बर ४ स्थित बुधसीको कोदोबारीमा गोरखाका वेदप्रसाद पोखरेलको हत्या गरिएको प्रहरी अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ।

गोरखा घर भएर तनहुँको तुरतुरेमा बस्दै आएका २७ वर्षीय पोखरेललाई लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको अनुसन्धानमा देखिएको थियो। हत्यामा कामीसहित ५ जनाको समूह संलग्न रहेको प्रहरीले जनाएको छ।

उनीहरूले लुटपाट गर्ने योजनासहित आक्रमण गरी ढुङ्गाले टाउकोमा प्रहार मृतकको साथमा रहेको चार हजार रुपैयाँ लिई फरार भएका थिए। हत्यापछि लाशलाई लमजुङ र गोरखाको सिमानामा पर्ने चेपे खोलामा फ्याँकिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

२०४६ असोज १८ गते जिल्ला अदालत लमजुङमा दर्ता मुद्दामा २०४८ फागुन १३ गते बीस वर्ष कैद फैसला सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell