PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

रेखा थापाको फिल्ममा रेनशा राईको निर्देशन



पहिलोपोस्ट

रेखा थापाको फिल्ममा रेनशा राईको निर्देशन

अभिनेत्री तथा निर्माता रेखा थापाले नयाँ फिल्म निर्माणको प्रि प्रोडक्सन सुरु गरेकी छिन्। फिल्मको लागि उनले निर्देशन चयन एवं घोषणा गरिन्। फिल्मलाई निर्देशक रेनशा राईले निर्देशन गर्ने भएकी हुन्।

रेखा फिल्मसको ब्यानरमा बन्ने छैटौं फिल्ममा सहकार्यका लागि शुक्रबार मात्रै सम्झौता भयो। निर्देशक रेनशाको जन्मदिनको अवसरमा भएको दुई पक्षीय सहमती बारे रेनशाले भनिन्,'यो मेरो लागि रेखा फिल्मसको उपहार हो।'  

फिल्मका लागि अभिमन्यू निरवीले स्क्रिप्ट तयार गर्दैछन्। फिल्मको नाम भने तय भइसकेको छैन।  

एक दशकदेखि कोरियोग्राफरको रुपमा सक्रिय रेनशाले गत वर्ष ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मबाट निर्देशनमा डेब्यू गरेकी हुन्। रेनशा आइकोर फिल्मसबाट बन्ने नयाँ फिल्म ‘आइएम ट्वान्टी वान’को तयारीमा पनि जुटिरहेकी छिन्। रेखाको भने 'मालिका'पछि पूर्ण समय आउँदो फिल्ममै केन्द्रित रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell