
काठमाडौं: देशैभरी अविरल परेको बाढी पहिरोमा परी १७ जनाको मृत्यु भएको छ। त्यस्तै बाढी पहिरोमा परी सात जना घाइते भएका छन् भने सात जना बेपत्ता छन्। हिजो रातिदेखि देशैभरी भारी बर्षा भइरहेको छ। बाढीले काठमाडौंमा कहर उत्पन्न गरेको छ।
बाढी पहिरोमा परी सबैभन्दा धेरै खोटाङमा तीनजनाको मृत्यु भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका दुईमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रेखा राई रोमन राई र रोहन राईको मृत्यु भएको छ।
त्यस्तै काभ्रेको बनेपा नगरपालिका ३ चुनातालमा घरमाथि खसेको पहिरोको कारण ५५ बबर्षीया गोमा दंगाल र सोहनी दंगालको मृत्यु भएको छ।
पहिरोको कारण रामेछापको रामेछाप नगरपालिका ३ मा ४५ पदमकुमारी सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ। पानीको भेल घरभित्र पस्दा पर्खाल भत्किएर भोजपुर रामप्रसाद राई गाउँपालिका ७ मा ६६ बर्षीया जगतबहादुर राईको मृत्यु भएको छ। त्यस्तै भोजपुरकै टेम्के मैयुम् गाउँपालिका ९ लेकखर्कमा १४ बर्षीय जनक बिकको शौचालय बसिरहेका बेला पहिरोमा पुरिएर मृत्यु भएको छ।
ललितपुर वागमती गाउँपालिका २ बागुवामा ११ बर्षीय सुरज जिम्बाको घरमा पहिरो आएर कारण मृत्यु भएको छ।
काठमाडौंको मनोहरा नगरपालिकामा २० बर्षिय निलु यादव, शर्मिला यादव र कुन्दन यादवको मृत्यु भएको छ। स्थानीय बलराम खत्रीको घरको पर्खाल लडेर पुरिएर ३ जनाको मृत्यु भएको हो।
मकवानपुर थाहा नगरपालिका ३ मा १४ बर्षीय सन्तमाया बलामीलाई खोलाले बगाएर मृत्यु भएको छ।
पर्साको पर्सागढी नगरपालिका १ का निखिल पटेल, धादिङमा अस्मिता तामाङ, सिन्धुलीमा हेमकुमारी सुनुवारको मृत्यु भएको छ।