PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

अन्तत: एन्टोइन ग्रीजमन बार्सिलोनामा, अब खेल्नेछन् मेसी र सुअरेजसँगै



पहिलोपोस्ट

अन्तत: एन्टोइन ग्रीजमन बार्सिलोनामा, अब खेल्नेछन् मेसी र सुअरेजसँगै

अन्तत: फरवार्ड एन्टोइन ग्रीजमन स्पानिस जायन्ट क्लब बार्सिलोनामा अनुबन्ध भएका छन्। ला लिगा च्याम्पियन बार्सिलोनाले ग्रीजमनलाई अर्को ला लिगा क्लब एट्लेटिको मड्रिडबाट १ सय ८ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो।

बार्सिलोनाले ग्रीजमनलाई पछिल्लो दुई सिजन देखि नोउक्याम्प ल्याउने प्रयास गरेपनि अहिले आएर सफल भएको हो।

२८ वर्षीय फ्रेन्च फरवार्ड ग्रीजमन हाल इबिजामा छुट्टी मनाइरहेका छन्। बार्सिलोनाले उनीसँग पाँच वर्षको सम्झौता गरेको बताइएको छ। पाँच वर्षमा उनले सात सय १७ मिलियन पाउण्ड रकम पाउनेछन। ग्रीजमनले एट्लेटिकोका लागि २५७ खेल खेल्दै १३३ गोल गरेका थिए।

ग्रीजमनको आगमनपछि बार्साको फरवार्डलाइन अझ मजबुत बनेको छ। बार्साको कप्तान लिओनल मेसीसहित लुइस सुअरेज अहिले मुख्य फरवार्डको रुपमा छन्।

ग्रीजमनले गत सिजनको अन्त्यपछि एट्लेटिको छाड्ने बताएपछि बार्सिलोनाले उनलाई अप्रोच गरेको थियो। गत सिजन पनि बार्सिलोनामा अनुबन्धका लागि निकै नजिक पुगेर अन्तिममा चुकेको थियो।

ग्रीजमन आएपछि अब पूर्व खेलाडी नेमार बार्सिलोना आउने सम्भावना अहिलेलाई टरेको छ।

बार्सिलोनाबाट फ्रेन्च क्लब पीएसजी पुगेका नेमार त्यहाँ खुशी हुन नसकेपछि अहिले क्लब छाड्ने बताइरहेका छन्। नेमार रियल मड्रिड जाने हल्ला पनि चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell