PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

१२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट २३खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

१२औं   दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट २३खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं: नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए)को आयोजनामा नेपालमा हुन लागेको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता २०७६ को तयारी करिब पूरा भएको छ।

प्रतियोगिता यही जुलाई १८ देखि २१ सम्म काठमाडौंमा हुँदैछ। दक्षिण एसियाली स्तरको प्रतियोगिता तेस्रो पटक नेपालमा हुन लागेको हो। यस प्रतियोगितामा दक्षिण एसियाका सात र अफगानिस्तान गरी कूल ८ राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले बताए।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत यसले सहयोग गर्ने आयोजकले जनाएको छ।

काठमाडौंको कमलादीस्थित एकेडेमी हलमा हुने यस प्रतियोगिताको लागि खेलाडी निर्णायक र अफसियल गरी १३० जनाको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ।

नेपालबाट प्रतियोगितामा १८ विधाका २३ खेलाडीहरु र ५ निर्णायक गरी कूल २८ जना सहभागिता हुनेछन्।

प्रतियोगितामा शारीरिक सुगठनतर्फ विभिन्न ९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरुष फिटनेस फिजिक्समा दुई र महिला एथ्लेटिक फिजिक्समा दुई विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष फिटनेस र महिला एथ्लेटिक्स विधा पहिलो पटक समावेश भएको नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघले जनाएको छ।

शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी,  ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथीको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै पहिलो पटक हुन लागेको पुरुष फिटनेसमा १७० सेमी र सो भन्दा माथि तथा महिला एथ्लेटिक फिजिक्समा १६५ सेमी र सो भन्दा माथिको उचाई समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको लागि १ करोड ३६ लाख अनुमानित बजेट रहेको आयोजकले जनाएको छ। यसका लागि नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयबाट वार्षिक बजेट तथा कार्यक्रममार्फत खेल शिर्षक अन्तर्गत १० लाख रकम विनियोजन समेत गरिएको छ। यस्तै अन्य रकम भने विभिन्न व्यापारिक प्रतिस्थान तथा संघ संस्थाहरुबाट प्रायोजन तथा खेलाडीहरुको रजिष्ट्रेशन शुल्कबाट जुटाइने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell