
काठमाडौं : मलेसिया विरुद्धको पहिलो टी २० आई खेलमा नेपालले जितका लागि १२९ रनको लक्ष्य पाएको छ।
दुई खेलको सिरिज अन्तर्गत शनिवार किनरारा ओभलमा भइरहेको पहिलो खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको हो।
घरेलु टोलीका लागि ओपनर भिरनदिप सिंहले सर्वाधिक ५७ तथा कप्तान अहमद फैजले ४५ रन बनाए। यस्तै फित्रि सामले १२ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। मलेसियामा चार खेलाडी शुन्यमै पभेलियन फर्केका थिए।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। यस्तै सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ तथा सोमपाल कामीले १ विकेट लिए।
करणले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए। उनले लगातार ३ बलमा विकेट लिएका हुन्। तर अन्तिम ओभरको दोस्रो, चौथो र पाँचौ बलमा विकेट लिएका हुन्।
मलेसियाले अन्तिम ५ ओभरमा ३२ रन जोड्दा ६ विकेट गुमाएको थियो।