PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

पहिलो टी-२० मा नेपाल विजयी, कप्तान पारसको नटआउट ८६ रन



पहिलोपोस्ट

पहिलो टी-२० मा नेपाल विजयी, कप्तान पारसको नटआउट ८६ रन
Photo Credit : Neplays

काठमाडौँ : कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रन बनाएपछि मलेसिया विरुद्धको पहिलो टी २० अन्तर्राष्ट्रिय नेपालले जितेको छ। नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

पारसको नटआउट ८६ रन मद्दतमा नेपालले १२९ रनको लक्ष्य १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। टी २० अन्तर्राष्ट्रियमा पारसको यो दोस्रो अर्धशतक हो

नेपाल सुरुवात राम्रो गरेपनि ओपनिङ जोडी लामो समय टिक्न सकेनन्। पहिलो विकेटका लागि २९ रनको साझेदारी गर्दै प्रदिप पहिलो विकेटका रुपमा आउट भए। त्यसपछि क्रिजमा पुगेको उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रन बनाएर आउट भए। ११.३ ओभरमा नेपाल ६८-३ को अवस्थामा थियो। त्यसपछि कप्तान पारसले शरद भेषावकरसँग मिलेर नेपाललाई जित सम्म पुर्‍याए। चौथो विकेटका लागि पारस र शरदले नटआउट ६१ रनको साझेदारी गरे।

पारसले नटआउट ८६ र शरदले नटआउट १६ रन बनाए। पारसले ५० बल खेल्दै ८ चौका र ५ छक्का प्रहार गरे। छक्का प्रहार गर्द नेपाललाई जिताएका शरदले २० बल खेल्दै नटआउट १६ रनयोगदान गरे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको हो। ओपनर विरनदिप सिंहले अर्धशतक बनाएपनि नेपालका करण केसीले अन्तिम ओभरमा ३ विकेट झारेपछि मलेसियाले सामान्य स्कोर बनाएको हो।

घरेलु टोलीका लागि ओपनर भिरनदिप सिंहले सर्वाधिक ५७ तथा कप्तान अहमद फैजले ४५ रन बनाए। यस्तै फित्रि सामले १२ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। मलेसियामा चार खेलाडी शुन्यमै पभेलियन फर्केका थिए।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। यस्तै सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ तथा सोमपाल कामीले १ विकेट लिए।

करणले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए। उनले लगातार ३ बलमा विकेट लिएका हुन्। तर अन्तिम ओभरको दोस्रो, चौथो र पाँचौ बलमा विकेट लिएका हुन्।

मलेसियाले अन्तिम ५ ओभरमा ३२ रन जोड्दा ६ विकेट गुमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell