PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

सोमपाल कामीलाई रेड रक स्पोर्ट्सको प्रायोजन



पहिलोपोस्ट

सोमपाल कामीलाई रेड रक स्पोर्ट्सको प्रायोजन

काठमाडौं : राष्ट्रिय टिमका सदस्य करण केसीलाई प्रायोजन गरेको केही दिनपछि नै भारतीय क्रिकेट खेल सामग्री उत्पादक कम्पनी रेड रक स्पोर्ट्सले अर्का सदस्य सोमपाल कामीलाई प्रायोजन गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामीसँग रेड रकले २ वर्षको लागि सम्झौता गरेको हो।

प्रायोजनसँगै सोमपललाई कम्पनीले दुई वर्षको लागि खेल सामाग्री र विदेशी लिग खेल्दा ३ हजारदेखि ५ हजार अमेरिकी डलर उपलब्ध गराउने छ।

यसअघि रेड रकले नेपालका युवा खेलाडी भिम सार्कीलाई ३ वर्षको लागि प्रायोजन गरिसकेको छ भने करणलाई १ वर्षको लागि प्रायोजन गरेको हो।

सोमपाल सन्दीप लामिछानेपछि विदेशी टी २० लिगका लागि छनोट हुने दोस्रो खेलाडी समेत हुन्। सोमपाल र सन्दीप यही जुलाई अन्तिममा क्यानडामा हुने ग्लोबल टी २० लिगका लागि छनोट भएका हुन्।

रेड रकसँग सम्झौतापछि सोमपालले यसबाट आफूलाई अझ राम्रो गर्न प्रेरणा मिल्ने बताएका छन्।

'यसको लागि म रेड रक र मनिस सरलाई धन्यवाद दिन चाहन्छु। नेपाली टिम र म खेल्ने अन्य टिमको लागि राम्रो प्रदर्शन गर्न यसले निश्चय पनि मलाई हौसला मिल्नेछ।'

युतै रेड रकका सहमालिक शेखर कौसिकले सोमपाल नेपाली क्रिकेटको एक राम्रो खेलाडी भएको उनलाई सहयोग गर्न पाउदा खुशी लागेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell