PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सेरेना विलियम्सलाई ५६ मिनेटमै स्तब्ध पार्दै रोमानियन हालेपले जितिन् विम्बलडन ओपनको उपाधि



पहिलोपोस्ट

सेरेना विलियम्सलाई ५६ मिनेटमै स्तब्ध पार्दै रोमानियन हालेपले जितिन् विम्बलडन ओपनको उपाधि

अमेरिकी सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै रोमानियाकी सिमोना हालेपले पहिलो पटक विम्वलडन ओपनको उपाधि जितेकी छिन्।

२४औं करियर ग्राण्ड्सलाम जित्ने अभियानमा रहेकी सेरेनालाई एक घण्टा भन् कम समयै पराजित गर्दै हालेप विम्वलडन जित्ने पहिलो रोमानियाली महिला खेलाडी बनिन्।

सेन्ट कोर्टमा भएको फाइनलमा हालेपले ५६ मिनेट खेल्दै सेरेनालाई ६-२, ६-२ ले सहजै हराइन्।

यो मेरो बेस्ट म्याच हो। २७ वर्षीय हालेपले दोस्रो पटक ग्राण्ड्सलाम जितेपछि भनिन्। उनले गत वर्ष फ्रेन्च ओपन जितेकी थिइन्।

उता पछिल्लो १२ महिनामा २७ वर्षीय सेरेनाको यो तेस्रो मुख्य फाइनल हार हो।

हारपछि सेरेनाले हालेपले राम्रो प्रदर्शन गरेकी बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell