
काठमाडौं: मलेसियाविरुद्धको दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेको छ। किनरारा ओभल मैदानमा हुने खेलमा नेपालले ब्याटिङ गर्ने निर्णय गरेको हो।
शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो।
नेपाली टोलीले आज दुई खेलाडी परिवर्तन गरेको छ। शनिबार खेलेका प्रदीप ऐरी र वसन्त रेग्मीको स्थानमा आज पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका हुन्।
नेपाल प्लेइङ ११
पारस खड्का
पवन सर्राफ
ज्ञानेन्द्र मल्ल
रोहित कुमार पौडेल
शरद भेषावकर
विनोद भण्डारी
सोमपाल कामी
करण केसी
सन्दीप लामिछाने
अभिनाष बोहरा
ललित नारायण राजवंशी