PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

टी २० : नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य, विनोदको नटआउट ५१ रन



पहिलोपोस्ट

टी २० : नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य, विनोदको नटआउट ५१ रन

काठमाडौं : विनोद भण्डारीको आक्रामक ब्याटिङ मद्दतमा नेपालले दोस्रो अन्तर्राष्ट्रिय टी २० प्रतियोगितामा मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ। मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो।

नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ५१ रन बनाए। उनले २५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। अन्तिम बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे। अन्तिम ओभरमा विनोदले २ छक्कासहित १६ रन प्रहार गरेका थिए। विनोद नेपालबाट टी २० अर्धशतक प्रहार गर्ने चौथो खेलाडी समेत बनेका छन्। यसअघि शनिबार कप्तान पारस खड्काले नटआउट ८६ रन बनाएका थिए। सुवास खकुरेल र सन्दीप जोराले पनि अर्धशतक प्रहार गरिसकेका छन्।

यस्तै शरद भेषावकरले पनि आक्रामक ब्याटिङ गर्दै ४० रन बनाए। उनले २८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे।

अघिल्लो खेलमा नटआउट ८६ रन बनाएका पारसले २३ बनाए। यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ र पवन सर्राफले १० रन जोडे। उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन मात्र बनाए।

मलेसियाका लागि फित्री शामले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। सायद अजिज र मुनिएन्डीले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell