PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो (अपडेट)



पहिलोपोस्ट

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो (अपडेट)

काठमाडौँः अविरल वर्षासँगैको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी २७ पुरुष र २१ जना महिलाको मृत्यु भइसकेको छ।

बाढी पहिरोमा परी २५ जना घाइते भएका छन्। ३५ जना बेपत्ता छन्। प्रहरीले अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरेको छ।

बाढी पहिरोमा परेकाको उद्धार र व्यवस्थापनका लागि २७ हजार नेपाल प्रहरी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सबैभन्दा धेरै उपत्यकामा आठ हजार ८५६ जना प्रहरी परिचालन गरिएको छ। प्रदेश नम्बर १ मा ६ हजार ३०५ जना, प्रदेश नम्बर २ मा पाँच हजार ७०२, प्रदेश नम्बर ३ मा तीन हजार ४०५ जना र कर्णाली प्रदेशमा तीन हजार ११२ जना प्रहरी खटिएका छन्।

बाढी पहिरोमा उपत्यकामा ८ जनाको मृत्यु भएको छ। जसमा ललितपुरमा पाँच जना र काठमाडौँमा तीन जनाको मृत्यु भएको छ।

प्रदेश नम्बर १ मा १७ जनाको मृत्यु भएको छ। प्रदेश नम्बर २ मा ७ जना, प्रदेश नम्बर ३ मा १२ जना, प्रदेश नम्बर ५ मा दुई र कर्णालीमा दुई जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell