PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

नेपाली सेना भन्छ : उद्दारमा १५ हजार फौज परिचालित



पहिलोपोस्ट

नेपाली सेना भन्छ : उद्दारमा १५ हजार फौज परिचालित

काठमाडौ : बाढी पहिरोमा परेकाको उद्दार र जनधनको क्षति रोक्न अहिलेसम्म नेपाली सेनाले १५ हजार जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। खोज तथा उद्दार, राहत वितरण, मेडिकल क्याम्पसहित उपचारमा सेना सक्रिय भएको हो।

साथै, कमला नदीमा बाँध बाध्न, थुनिएका खोला, ढल, नाली खोल्न तथा तटबन्ध निर्माण, हवाई साधनबाट राहत सामग्री ढुवानी, पहिरो पन्छाउने र राजमार्ग खोल्नेजस्ता कार्यमा समेत सेना परिचालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

आज दिएँसो २ बजेसम्म ८ हजार १ सय फौज परिचालन भएको जनाएको नेपाली सेनाले साँझ ७ बजेसम्म १५ हजार सेना बाढीसँग जोडिएका विभिन्न कार्यमा परिचालन भएको जनाएको हो। साथै सेनाले मानवीय सेवाको कार्यलाई निरन्तरता दिइरहनेसमेत जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell