PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ६५ पुग्यो, अझै ३० जना बेपत्ता



पहिलोपोस्ट

बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ६५ पुग्यो, अझै ३० जना बेपत्ता

काठमाडौँः अविरल वर्षासँगैको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ६५ पुगेको छ। प्रहरीका अनुसार सोमबार बिहानसम्म ६५ जनाको मृत्यु भइसकेको छ। ३० जना अझै बेपत्ता छन्।

मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्। ३८ जना घाइते भएका छन्। हालसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरिएको छ।

प्रहरीका अनुसार उपत्यकामा हालसम्म ८ जनाको मृत्यु भएको छ। जसमा काठमाडौँमा ३ र ललितपुरमा ५ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा २० जनाको मृत्यु भएको छ। जसमा भोजपुरमा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ। यस्तै, ओखलढुङ्गामा पहिरोमा ४ जनाको मृत्यु भएको छ।

प्रदेश २ मा १८ जनाको मृत्यु भएको छ। प्रदेश २ मा रौतहमा ५ तथा सिरहामा ४ जनाको मृत्यु भएको छ।

उपत्यकाबाहेक प्रदेश ३ मा १५ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा पाल्पा र दाङमा एक/एक जना गरी दुईको मृत्यु भएको छ। कर्णालीमा बाढीमा परेर दुई जनाको ज्यान गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell