PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

फेडेररलाई पराजित गर्दै जोकोभिचले जिते १६औं ग्राण्ड्स्लाम उपाधि



पहिलोपोस्ट

फेडेररलाई पराजित गर्दै जोकोभिचले जिते १६औं ग्राण्ड्स्लाम उपाधि

विम्बल्डनको सबैभन्दा लामो समयसम्म चलेको फाइनल खेलमा रोजर फेडेररलाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिचले यस वर्षको उपाधि जितेका छन्।

लगातार दोस्रो वर्ष विम्बल्डन जित्ने क्रममा जोकोभिचले स्वीस रोजर फेडेररलाई ३-२ सेटमा हराए। लण्डनस्थित सेन्टर कोर्टमा भएको फाइनल ४ घण्टा ५७ मिनेटसम्म चलेको थियो।

पाँचौ तथा निर्णायक सेट १३-१२ (७-६) ले आफ्नो पक्षमा पारेपछि जोकोभिचले पाँचौ पटक विम्वल्डन ओपनको उपाधि जितेका हुन्। ऐतिहासिक टाइब्रेकमा नतिजाको छिनोफानो भएको उक्त प्रतिस्पर्धात्मक खेलमा जोकोभिचले फेडेररलाई ७-६ (७-५), १-६, ७-६ (७-४), ४-६, १३-१२ (७-३) ले हराए।

जोकोभिचको यो १६औं ग्राण्ड्स्लाम उपाधि हो। सर्वाधिक ग्राण्ड्स्लाम जित्नेमा जोकोभिच तेस्रो स्थानमा छन्। उनी भन्दा धेरै फेडेररले २० र राफल नाडालले १८ पटक जितेका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell