PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

आइतबार भएको विश्वकप क्रिकेटमा ‘बाजी’ लगाउने पक्राउ



पहिलोपोस्ट

आइतबार भएको विश्वकप क्रिकेटमा ‘बाजी’ लगाउने पक्राउ
फाइल फोटो

काठमाडौः आइतबार भएको विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ७ घर भएका ३१ वर्षीय आशिष कुमार बर्णवाल  र २१ वर्षीय नीरज तिवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी सोमिन्द्र राठौरले जानकारी दिए।

आइतबार सुपर ओभरमा आयोजक राष्ट्र इङ्ल्यान्डले न्युजील्यान्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको थियो। घटनाको थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell