PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सरोज खनालविरुद्ध चलचित्र विकास बोर्ड, भन्यो : कमोडमा फोटो सेसन नियोजित



पहिलोपोस्ट

सरोज खनालविरुद्ध चलचित्र विकास बोर्ड, भन्यो : कमोडमा फोटो सेसन नियोजित

काठमाडौं : राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहका दिन त्यहाँको अव्यवस्तालाई लिएर अभिनेता सरोज खनालले सार्वजनिक गरेको फोटोलाई चलचित्र विकास बोर्डले नियोजित भएको दावी गरेको छ।

बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ - 'राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ।'

बोर्डले पुरस्कार वितरण समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र नृत्य प्रस्तुत गर्नुभन्दा आधा घण्टा अघि तयारीका लागि कलाकारहरु मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको दावी गरेको छ।

यो पनि हेर्नुस् : शीतल निवासको कार्यक्रमले तताउँदै सामाजिक सञ्जाल : घरमा नाच्न करिश्माको अस्विकारदेखि सरोज खनालको 'कमोडासन'सम्म

'शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ,' बोर्डले भनेको छ, 'कार्यक्रम अवधिभर कुनै पनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ।'

नृत्य सकिनासाथ सम्पूर्ण कलाकारले सभाहलमै बसेर कार्यक्रम हेरेको पनि बोर्डको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell