PahiloPost

Oct 29, 2025 | १३ कात्तिक २०८२

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाले दिए राजीनामा



पहिलोपोस्ट

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाले दिए राजीनामा

हेटौँडाः प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन्।

देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए। मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको उनको भनाइ छ।

पदमा रहँदा मुख्यमन्त्री तथा प्रदेश सरकारको सधैँ साथ सहयोग गरेको भए पनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने कारण राजीनामा दिएको उनले बताए। मुख्यमन्त्रीलगायतले राजीनामा फिर्ता गर्न अनुरोध गरे पनि व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनको धारणा छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell