PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत
एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका अजित कुमार यादव, फोटो : राखेप

काठमाडौं :  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७५-७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई मंगलबार प्रोत्साहन पुरस्कार प्रदान गरेको छ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा ३४५ स्वर्ण, २५ रजत र ९२ कांस्य गरी कुल ४ सय ६२ पदकधारीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो। जम्मा २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको थियो।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यत्रय उपेन्द्र पौडेल, इन्दिरा निरौला, राजेश गुरुङलगायतले एक कार्यक्रमबीच खेलाडीलाई पुरस्कृत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell