PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सर्वोच्चको आदेश ‘भारतीय तरकारी विषादी परीक्षण नगरी नल्याउनू’



पहिलोपोस्ट

सर्वोच्चको आदेश ‘भारतीय तरकारी विषादी परीक्षण नगरी नल्याउनू’

काठमाडौँः सर्वोच्च अदालतले बिना परीक्षण भारतबाट तरकारी आयात गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ। 

असार २६ गते एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। छलफलपछि न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो।  

मन्त्रिपरिषद्को निर्णय अनुसार विषादी परीक्षण गरेरमात्र आयात गर्ने निर्णय असार २ गते राजपत्रमा प्रकाशित भएको थियो। तर, पूर्वाधारको तयार नै नभएको भन्दै सरकारले निर्णय स्थगित गरेको थियो। सो विरुद्ध सर्वोच्चमा तीन रिट दायर भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell