PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

काभ्रेमा बुहारीद्वारा सासूको हत्या



पहिलोपोस्ट

काभ्रेमा बुहारीद्वारा सासूको हत्या
प्रतीकात्मक तस्विर

काभ्रेपलाञ्चोकः धुलिखेल नगरपालिका–१ देवीटारमा गएराति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ। राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इञ्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो। मादक पदार्थ सेवन गरेकी सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इप्रकाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

सुन्तलीले ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासूको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell