PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकी तल्लो सदनमा किन पारित भयो खेद प्रस्ताव?



पहिलोपोस्ट

राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकी तल्लो सदनमा किन पारित भयो खेद प्रस्ताव?

अमेरिकाको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित भएको छ।

सदनका चार महिला सदस्यविरुद्ध ट्रम्पले ट्विटरबाट 'नश्लीय टिप्पणी' गर्दै आक्रमण गरेकोमा प्रस्ताव पारित गरिएको हो।

डेमोक्रेटिक पार्टीको वर्चस्व रहेको तल्लो सदनमा प्रस्तावका सम्बन्धमा भएको मतदानमा पक्षमा २४० मत परेको थियो। विपक्षमा १८७ मत परेको थियो।

ट्रम्पले केहीदिनअघि ट्विट गर्दै चार महिला सांसद् अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, इलहान ओमर, अयाना प्रेसलेबारे टिप्पणी गरेका थिए। ट्रम्पले आफ्नो ट्विटमा कसैको नाम नलिए पनि चार अमेरिकी नागरिक रहेको उल्लेख गरेका थिए।

उनको ट्विट 'दि स्क्वाड' भनेर चिनिने चार डेमोक्रेटिक महिलाहरू प्रति नै लक्षित भएको विश्लेषण गरिएको थियो। त्यसयता 'दि स्क्वाड' ले ट्रम्पले नस्लवाद र जातीवादलाई प्राथमिकता दिइरहेको आरोप लगाउँदै आएका थिए।

सदनकी सभामुख डेमोक्रेटिक नेतृ न्यान्सी पेलोसीले पनि ट्रम्पको अभिव्यक्ति खेदपूर्ण भएको टिप्पणी गरेकी छिन्।

यता, ट्रम्पले भने आफ्नो ट्विट नस्लवाद र जातीवाद लक्षित नभएको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell