PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रेमीको कोठामा पुगेकी जेनी आत्महत्या शंकास्पदः दुई जना प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

प्रेमीको कोठामा पुगेकी जेनी आत्महत्या शंकास्पदः दुई जना प्रहरी नियन्त्रणमा
प्रतिकात्मक तस्विर

काठमाडौं : बालाजुमा एक युवतीको शंकास्पद मृत्युको बिषयमा प्रहरीले अनुसन्धानकालागि दुई जनालाई नियन्त्रणमा लिएको छ।

१६ वर्षीय जेनी तामाङले आत्महत्या गरेको भन्दै अस्पताल पुर्‍याएका दुई जनालाई नियन्त्रणमा लिएको हो। शंकास्पद एक युवक र युवतीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए

गत सोमबार युवती तामाङ सलमा झुन्डिएको भन्दै दुई जनाले विनायक अस्पताल पुर्‍याएका थिए। प्रहरी नियन्त्रणमा रहेका उनीहरूले जेनीले सलमा झुन्डिएर आत्महत्या प्रयास गरेपछि बच्ने आशले अस्पताल लगेको बयान दिएका छन्।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा अस्पताल लग्ने युवक जेनीको प्रेमी भएको खुलेको छ। त्रिपुरेश्वरको सुकुम्बासी बस्तीमा बस्दै आएकी जेनी सोमवार बर्थ डे मनाउन प्रेमीको कोठामा पुगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell