PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

कतार विश्वकप छनोटको समूह चरण ड्र आज, नेपालले कस्तो प्रतिद्वन्द्वी पाउला?



पहिलोपोस्ट

कतार विश्वकप छनोटको समूह चरण ड्र आज, नेपालले कस्तो प्रतिद्वन्द्वी पाउला?

काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लागि दोस्रो चरणको एसियाली ड्र आज हुँदैछ।

सन् २०२३ मा चीनमा हुने र एएफसी एसियन कप २०२३ को लागि पनि यही ड्र कायम गरिनेछ।

ड्र मा एसियाका ४० राष्ट्रहरुलाई समावेश गरिनेछ र ड्र पछि ८ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ५-५ टम रहनेछ।

ड्र का लागि छुट्याइएको भाँडो 'पट'मा नेपाल पाँचौमा परेको छ। यो पटमा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम र श्रीलंका रहेका छन्। सबैभन्दा कमजोर वरीयता रहेको टोलीहरु भएको यस पटका राष्ट्रले समूह चरणमा बलिया प्रतिद्वन्द्वी सँग खेल्नुपर्ने हुन्छ।

दोस्रो चरणको छनोटबाट १२ टिमले विश्वकपको लागि एसियाली क्षेत्रको अन्तिम चरणमा स्थान बनाउने छन्।

दोस्रो चरण छनोटको ८ समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपका पनि स्थान बनाउनेछन्। यस्तै समूह चरणमा प्रतिस्पर्धा गरेकामध्ये उत्कृष्ट १२ बाहेक उत्कृष्ट २४ मा पर्ने टोलीहरुले चीनमा हुने एएफसी एसियन कपको लागि छनोट खेल्ने एएफसीले जनाएको छ।

विश्वकप छनोटको दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुनसम्म सञ्चालन हुनेछ। समूह चरणका खेलहरु २०१९ सेप्टेम्वर ५ देखि २०२० जुन ९ सम्म होम एण्ड अवेको आधारमा सञ्चालन हुनेछ।

फिफाले गत महिना सार्वजनिक गरेको वरीयताअनुसार एसियाली वरीयतामा शीर्ष ३४ मा परेपछि नेपालले पहिलोपटक सिधै विश्वकपको दोस्रो चरणको छनोटको स्थान पक्का गरेको थियो।

 

कुन ‘पट’ मा कुन टिम?

पट १ : इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, चीन

पट २ : इराक, उज्बेकिस्तान, सिरिया, ओमान, लेबनान, किर्गिस्तान, भिएतनाम, जोर्डन

पट ३ : प्यालेस्टाइन, भारत, बहराइन, थाईल्यान्ड, ताजिकिस्तान, उत्तर कोरिया, चाइनिज ताइपेइ, फिलिपिन्स,

पट ४ : तुर्कमेनिस्तान, म्यानमार, हङकङ, यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, मलेसिया

पट ५ :  इन्डोनेसिया, सिंगापुर, नेपाल, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम, श्रीलंका

 

ड्र को प्रत्यक्ष प्रशारण हेर्न यहाँ क्लिक गर्नुहोस्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell