PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

१२ कक्षा पढ्नेसँग 'पेन गन', लागु औषधसहित प्रहरीको फन्दामा



पहिलोपोस्ट

१२ कक्षा पढ्नेसँग 'पेन गन', लागु औषधसहित प्रहरीको फन्दामा

काठमाडौं : पोखरामा प्रहरीले एक युवकबाट 'पेन गन' फेला पारेको छ। प्रहरीले गन सहित एक युवकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जिल्ला कास्की पोखरा २४ कास्कीकोट घर भइ हाल पोखरा ७ मासबार बस्ने सागर रानाभाटलाई नियन्त्रणा लिएको हो।

रानाभाटको कोठामा प्रहरीले विशेष सुचनाको आधारमा छापा मार्दा गन सहित लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। रानाभाट कक्षा १२ मा अध्यानरत विद्यार्थी भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

'यो अरु बन्दुक जस्तै प्रयोग हुने गन हो,' जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell