PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

अफ्रिका कप : नाइजेरिया तेस्रो



पहिलोपोस्ट

अफ्रिका कप : नाइजेरिया तेस्रो

अफ्रिका कप अफ नेशन्स २०१९ मा नाइजेरिया तेस्रो भएको छ। गएराती भएको खेलमा ट्युनिसियालाई १-० ले पराजित गर्दै पूर्व विजेता नाइजेरियाले तेस्रो स्थान हात पारेको हो।

नाइजेरियाको लागि खेलको तेस्रो मिनेटै ओडिओन ओघालोले गरेको गोल निर्णायक बनेको हो।

सेमिफाइनलमा नाइजिया अल्जियासँग र ट्युनिसिया सेनेगलसँग पराजित भएको थियो।

इजिप्टमा भइरहेको प्रतियोगिताको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्नेछन्।

सन् २००२ मा फाइनल पुगेर पनि उपविजेतामै सिमित बनेको सेनेगल पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ। यस्तै अल्जियाले सन् १९९२ मा उपाधि जितेको थियो। २७ वर्षपछि अल्जेरिया उपाधि उचाल्ने योजनामा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell