PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सिके राउतको कथामाथि फिल्म बन्दै, भोजपुरी कलाकारको मुख्य भूमिका



पहिलोपोस्ट

सिके राउतको कथामाथि फिल्म बन्दै, भोजपुरी कलाकारको मुख्य भूमिका

काठमाडौँ: मधेशका नेता डाक्टर सिके राउतको जीवनीमा आधारीत फिल्म बन्ने भएको छ। 'डाक्टर सिके राउत द प्यासन' बन्ने बारे बुधबार कार्यक्रम आयोजना गरी जानकारी दिइयो। कार्यक्रममा राउत पनि उपस्थित थिए। उनको भूमिका भोजपुरी फिल्मका परदेशी शाहले निभाउने छन्।

फिल्म युनिटले आउँदो छठ पर्वमा रिलिज टार्गेट गरेको छ।

माँ राधिका इन्टरनेशनल मुभिजको प्रस्तुति रहने फिल्म बारे राउतले भने,'प्रस्ताव लिएर भेट्न आउँदा खासै बिश्वास लागेको थिएन। पटकपटकको भेट र छलफलपछि म राजी भएँ।'  

फिल्मलाई सन्तोष साहले निर्देशन गर्नेछन्। कलाकारहरु धुव्र कोइराला, पुकार भट्टराई, विशाल पहाडी, किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ। पवन गौतमले छायांकन गर्ने फिल्ममा रेवन्त विक्रम थापाको द्वन्द निर्देशन रहने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell